बलिउडका सुपस्टार तथा रोमान्सका नायक राजेश खन्नाको अन्तिम संस्कार

– एजेन्सी

 

मुम्बई – बलिउडका सुपस्टार तथा रोमान्सका नायक राजेश खन्नाको अन्तिम संस्कार बिहीबार गरिएको छ। मुम्बईमा गरिएको अन्तिम संस्कारमा उनका परिवारका साथै हजारौं शुभचिन्तक र केही बलिउड हस्तीहरुको उपस्थिति थियो। केही महिना देखि बिरामीले ग्रसित उनको ६९ वर्षको उमेरमा बुधबार मृत्यु भएको थियो।