अत्याधिक वर्षाका कारण स्याङ्जाका कृषकहरुले लगाएको लाखौं मुल्य बराबरको गोलभेडा वोटमै कुहिएर नष्ट भएको छ । जिल्लाको वालिङ नगरपालिका, जगतभञ्याङ, स्वरेक, एलादी, पकवादीलगायतका दर्जनांै स्थानमा लगाईएको गोलभेडा कुहिएको हो ।
सरकारले यि क्षेत्रहरुलाई गोलभेडा खेतीका लागि पकेट क्षेत्र घोषणा गरेको थियो । यहां उत्पादन गरिएका गोलभेडा नेपालका प्रमुख शहर लगायत भारतका सिमावर्ती क्षेत्रहरुमा विक्रि वितरण भइरहेको छ । गत वर्ष पनि गोलभेडा बोटमै कुहिएर नष्ट भएपछि यस ठांउका कृषकहरु मर्कामा परेका थिए । – RSS