बिश्वविद्यालय बुद्धीचाल जारी

काठमाडौ ७ साउन । प्रथम क्याथफोर्ड राष्ट्रिय बिश्वविद्यालय बुद्धीचाल प्रतियोगिताको तेस्रो चरण सकिएको छ । तेस्रो चरणको समाप्तीमा शंकरदेबका पुरुषोत्तम चौलागाइ महेन्द्ररत्नका श्याम बाबु शाह गोल्डेनगेटका रोसन कुमार जयसवाल तथा प्रस्ाान भाषिमा सिभिएमका सुसील चौधरी एडभान्सका निकेस दुवाल प्रसुन जडौजीया पिरामिडका सुरज पण्डित सुमन राइ सुर्यसन प्रजापती  अनील पुन मगर कैलास कुमार शाही र अर्जुन थापा संयुक्तरुपमा शिर्ष स्थानमा छन् ।

 

यसैगरी सुरोज कमाचार्य पुल्चोकका आशिष आचार्य सगेश अधीकारी लोकेन्द्र ठगुन्नामदन अर्याल र बिनोद तिमल्सीनाको दुइ दशमलब पाच अंक छ । यसैगरी मदनकृष्ण कायस्थ र दमक क्याम्पसका प्रकास नेपाल पनि दुइ दशमलब पाच अंक छ । 


प्रतियोगिता स्वीस लिग प्रणली अनुसार पाँच दिनसम्म नौ चरणमा साचालन हुने छ भने यसमा देशका पाँचवटै विश्वविद्यालयबाट १ सय ४३ खेलाडीको सहभागिता रहेको छ । युनिग्लोब कलेजमा जारी प्रतियोगिताको सोमबार बिहान ११ बजे चौथो र दिउँसो २ बजे पाचौं चरणको खेल हुनेछन् ।