
मुम्बई – बलिउडमा जिस्म २ को राप अझै चर्किँदै छ। पोर्नस्टार सन्नी लिओनले फिल्मको चर्चा तताइरहेको बेला यसै फिल्मको सिक्वेलबारे चर्चा सुरु भइसकेको छ।
जिस्म २ लाई तताउने सन्नी लिओन भने जिस्म ३ मा नहुने भएकी छिन्। जिस्म २ मा सन्नी लिओनसँगै रणद्वीप होडाको जोडी देखिने छन्। फिल्म रिलिज हुनुअघि नै यसको निर्देशक पुजा भट्टले सिक्वेलको तयारी सुरु गरिसकेकी छिन्।
के तेस्रो जिस्ममा सन्नी हुन्छिन? पुजा भट्टले भनिन् ‘जिस्म ३ मा न सन्नी न विपासा नै हुनेछिन्।’ बलिउडमा यसपछि सबैले सोध्न थालेका छन् जिस्म ३ मा को त ?
– एजेन्सी