कृषि फार्ममा आगलागी/१ सय ४५ बाख्रा मरे

स्याङजाको साँखरमा रहेको मेलमिलाप कृषि प्रोडक्सनमा आगलागी भएको छ ।
आगोमा परेर त्यहाँ रहेका एक सय ४५ वटा बाख्रा जलेर मरेका छन् ।
स्याङजा सदरमुकामवाट ३० किलोमिटरको दुरीमा रहेको र्फममा बाख्रापालन, माछापालन र मौसमी तथा वेमौसमी तरकारी खेती गर्दै आएको सञ्चालक प्रमोद पोख्रेलले जानकारी दिनुभयो । 
पानी परिरहेको अवस्थामा आगलागी भएको भएपनि काठै काठले बनेको खोरमा आगो लागेका कारण नियन्त्रणमा लिन नसकिएको उद्दारकार्यमा खटिएका स्थानियबासीले बताएका छन् । उक्त र्फम गत मंसिरमा स्थापना भएको थियो । बिदेशबाट फर्किएका ८ युवाहरुको सक्रियतामा बाख्रा फार्मको सञ्चालन भएको हो ।