पछिल्ला केही दिन निरन्तर उकालो लाग्दै आएको शेयर बजारमा गिरावट

शेयर ओरालो तर्फपछिल्ला केही दिन निरन्तर उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार भने गिरावट आयो ।

 

 कारोबार शुरु हुँदा उकालो लागेको बजार परिसूचक नेप्से मध्यान्ह पछि ओरालो लागेको हो ।

 

उतार चढावबीच नेप्से २ अंकले ऋणात्मक रहेर ४ सय ६ दशमलब अंकमा थामियो ।

होटल र अन्य बाहेक अरु समूहका सूचक घटेसंगै नेप्से ऋणात्मक रहेको हो । जलविद्युत समूहको सूचक सबैभन्दा उच्च १२ अंकले घट्यो ।


यस दिन नेपाल स्टक एक्सचेन्जमा ७७ कम्पनीको २ लाख ७१ हजार कित्ता शेयर ७ करोड ६६ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । – RSS