ललितपुरमा यल पञ्चदान पर्व मनाइदै

ललितपुरमा आज यल पञ्चदान पर्व मनाइदैछ ।

 

आजको दिन ललितपुरको विहारहरुमा चामल, गहुँ, नुन केराउ, खीर, फलफुल आदि दान गर्न बौद्ध धर्मावलम्बीहरुको भीड लाग्ने गर्छ भने विभिन्न विहारका सदस्य बज्राचार्य, शाक्यहरु घरघरमा गइ दान ग्रहण गर्ने परम्परा पनि रहेको छ ।

 

दिपङ्कर बुद्धले आजकै दिनमा पहिलो पल्ट दान ग्रहण गरेको जनविश्वास रहेको पाइन्छ ।

 

दिपङ्कर बुद्धले सर्वानन्द राजाको संचित धनमा शोषित पिडितको सम्पति समेत रहेको कारण चित्त शुद्ध भएकी दुःखी बृद्धाबाट पहिले दान लिएको कुरा बुझी राजामा धर्मचित्त उत्पन्न भएको विश्वास पनि यो पर्वसँग जोडिएको छ ।

 

दान भावनाले समाज सुधार, दुर्गति निवारण एवं शान्ति छाउने जनविश्वास रहि आएको छ । -RSS