तीसौं गृष्मकालीन ओलम्पिक खेलकुद पूर्वीलन्डनको स्टामफोर्ड स्थित रंगशालामा भव्य उद्घाटन समारोह बीच शुरु भएको छ।
बेलायती महारानी एलिजावेथ द्धितियाले लन्डन ओलम्पिक २०१२ को उद्घाटन गरेपछि आधिकारीकरुपमा लन्डन ओलम्पिक शुरु भएको छ । उद्घाटन दौरान खेल प्रमुख सेव कोएले विश्वलाई लन्डनमा स्वागत गरे ।
तमाम विश्वको केन्द्रबिन्दु बनेको लन्डन ओलम्पिकमा विभिन्न क्षेत्रका हस्तीहरुको उपस्थिति थियो । पूर्व इङ्गिलिस राष्ट्रिय फुटबल टोलीका कप्तान डेभिड बेखम, टुर डि फ्रान्स बर्ष २०१२ का विजेता ब्राड्ले विगिन्स तथा अभिनेता ड्यानियल क्रेगको उपस्थितिले ओलम्पिक रंगशालामा उत्साह थपेको थियो ।
लन्डन ओलम्पिकका लागि ग्रिसबाट ल्याइएको पवित्र ज्योती सात इङ्गलिस एथलिटहरुले जादुमयी अन्दाजमा जलाएका थिए । लन्डन ओलम्पिकलाई रंगिन बनाउन करोडौं डलर खर्च गरिएको थियो ।
स्लमडग मिलेनियरबाट ओस्कर अवार्ड जितेका ड्यानी बोयलले तयार गरेको तीन घन्टा लामो उद्घाटन समारोहले धेरैलाई मन्त्र