औसतभन्दा बढी खर्चिएको महत्त्वाकांक्षी फिल्म मायाज बार प्रदर्शनमा


काठमाडौ – औसतभन्दा केही बढी लगानी, मल्टिस्टारर र मेकिङमा बढी समय खर्चिएकोले महत्त्वाकांक्षी प्रोजेक्टका रूपमा हेरिएको ‘मायाज बार’ शुक्रबारदेखि उपत्यकाबाट प्रदर्शनमा आएको छ ।

सञ्चारकर्मी समेत रहेका दिनेश डिसीको पटकथा, संवाद र निर्देशन रहेको फिल्ममा राजेश हमाल पहिलो पटक पूरै खलचरित्रमा छन् । करिश्मा मानन्धरले बार डान्सरको भूमिका गरेकी छन् । तर डेब्यु कलाकार गजित विष्ट र निशा अधिकारीको मुख्य भूमिका छ ।

फिल्म वितरक सुनील मानन्धरले निर्माण गरेको ‘मायाज बार’ लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । सुरेश अधिकारीको गीत/संगीत, एनबी महर्जनको द्वन्द्व निर्देशन छ । यो फिल्म उपत्यकाबाहिर भने एक सातापछि लाग्नेछ ।