साता शेयर बजारमा गिरावट

यो साता शेयर बजारमा गिरावट आयो । अघिल्लो साता सकारात्मक रहेको बजार यो हप्ता ओरालो लागेको हो । गत साता ६ अंक बराबरले बढेको नेप्से यस साता भने ३ अंक बढिले गिरावट आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलब दुई शून्य अंकले ह्रास भई अन्तिम दिन ४ सय एक दशमलब पाँच पाँच अंकमा आइपुग्यो । यस साता कारोबार भएका अधिकांश समूहमा गिरावट आएसँगै साताको नेप्से झरेको हो । यस साता कारोबार परिमाणमा भने केहि सुधार आयो ।


यो साता नेपाल स्टक एक्सचेन्जमा ११३ कम्पनीको ४६ करोड ७० हजार रुपैयाँ बराबरका १४ लाख ५४ हजार कित्ता शेयरहरु खरीद बिक्री भए । गत साता १२६ कम्पनीको ३६ करोड ९९ लाख रुपैयाँ बराबरका १५ लाख २३ हजार कित्ता शेयरहरु खरीद बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा २४ प्रतिशतले वृद्धि भएको हो ।

यस साता कारोबार रकमको आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रह्यो । यस्तै शेयर कित्ताको आधारमा किष्ट बैंक र कारोबार संख्याको आधारमा जनता बैक अग्रस्थानमा रहे । कारोबार रकमकै आधारमा एभरेष्ट बैंकलाई चिलिमे हाइड्रो पावर कम्पनी, बैक अफ काठमाण्डू, किष्ट बैंक र नबिल बैंकले क्रमशः पच्छ्याउन पुगे ।

 

– RSS