लण्डन ओलम्पिकमा नेपाली पौडीबाज प्रसिद्धजंग शाह हिट चरणबाटै बाहिरिएका छन् । लन्डनको एक्वेटिक सेन्टरमा पुरुष ५० मिटर फ्रिस्टाईलमा प्रतिस्पर्धा गरेका शाहले निर्धारित दुरी २६ दशमलव नौ तीन सेकेण्डमा पूरा गर्र्दा आफ्नो नीजि समयमा भने सूधार गरे ।
शाहको व्यक्तिगत कीर्तिमान भने २७ दशमलव शुन्य चार सेकेण्ड थियो । कुल ५८ जनाले सहभागिता जनाएको हिट चरणमा शाह ४७ औं स्थाना आए । पौडीमै हिजो भएको महिला सय मिटर फ्रिस्टाइलमा श्रेया धितालले नयाँ राष्ट्रिय र्कितिमान बनाए पनि उनी हिट चरणबाटै बाहिरिन् । श्रेयाले निर्धारित दुरी १ मिनेट दश दशमलव आठ सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय र्कितिमान बनाएकी हुन् ।
यसअघि पनि राष्ट्रिय र्कितिमान श्रेयाकै नाममा थियो । सन् २०११ मा चीनको सांघाईमा सम्पन्न १४ औं विश्व फिना च्याम्पियनशिपमा महिला सय मिटरको दुरी १० दशमलव आठ चार सेकेण्डमा पुरा गर्दै श्रेयाले आफ्नै नाममा बनाएको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् ।
लन्डन ओलम्पिकमा सहभागी नेपाली शुटिङ खेलाडी स्नेहा राणाले भने आप्mनै कीर्तिमान समेत भेटाउन सकेकी थिईनन् । लन्डन ओलम्पिकमा नेपालका ५ खेलाडी सहभागी छन् ।
एथ्लेटिक्सका प्रमिला रिजाल र तिलकराम थारु पनि राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यका साथ लन्डन पुगेका छन् । रिजालले महिला सय मिटर र थारुले पुरुष सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।