मलेशियन आध्यात्मिक गुरु पण्डितद्धारा कास्की, स्याङजा र मुस्ताङका विद्यालयलाई ४ करोड आर्थिक सहयोग

 मलेशियन आध्यात्मिक गुरु पण्डित आनन्दले कास्की, स्याङजा र मुस्ताङका १६ वटा सरकारी विद्यालयलाई झण्डै ४ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेका छन् । पोखरा रोटरी क्लबले गरेको कार्यक्रममा पण्डित आनन्दले तीन जिल्लाका सरकारी विद्यालयहरुलाई नगद सहित विभिन्न सामाग्रीहरु प्रदान गर्नुभएको हो ।


कास्कीको घान्द्रुकस्थित कुर्लुङ बराह प्रा.वि., दानसिङको भगवती उच्च मावि, सुदामेको भूमे प्रा.वि. लगायतका विद्यालयलाई नगदसहित विभिन्न सामाग्री प्रदान गरिएको छ । नेपालको विभिन्न जिल्लाको भ्रमण गरेपछि निम्न आयस्तर भएका सरकारी विद्यालयका गरीब विद्यार्थीहरुलाई अध्ययनका लागि आफूले सहयोग गरेको पण्डित आनन्दले बताउनुभयो । RSS