लन्डन ओलम्पिकको हिट चरणबाटै बाहिरिनेमा अर्का नेपाली खेलाडी पनि

थारु पनि लन्डन ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएलन्डन । लन्डन ओलम्पिकको हिट चरणबाटै बाहिरिनेमा अर्का नेपाली खेलाडी पनि थपिएका छन् । लन्डन ओलम्पिक अन्र्तगतको आज भएको एथ्लेटिक्स १ सय मिटर दौडमा सहभागी नेपाली धावक तिलकराम थारु प्रतियोगिताको हिट चरणबाटै बाहिरिएका हुन् ।


थारुले उक्त दुरी १० दशमलव ८५ सेकेन्डमा पुरा गरेका थिए । थारुले आफ्नो प्रदर्शनमा केही सुधार गरेपनि राष्ट्रिय कीर्तिमान भने भङ्गगर्न नसकी लन्डन ओलम्पिकबाट बाहिर भएका छन् ।


१ सय मिटर दौडको राष्ट्रिय कीर्तिमान भने धावक रामकृष्ण चौधरीको नाममा छ ।