ओलम्पिक: जमैकाका धावक युजेन बोल्टले ओलम्पिकको सय मिटर दौडतर्फ आफ्नो उपाधि रक्षा

100 metros: O grande duelo Jamaica - Estados Unidos

 

जमैकाका धावक युजेन बोल्टले ओलम्पिकको सय मिटर दौडतर्फ आफ्नो उपाधि रक्षा गरेका छन् । जारी लन्डन ओलम्पिकमा एथ्लेटिम्सतर्फ हिजो भएको पुरुष सय मिटर दौडमा बोल्टले ९ दशमलव छ तिन सेकेण्डको नयाँ ओलम्पिक रेकर्ड सहति स्वर्ण पदक जिते ।

 
एथ्लेटिक्समा पुरुष सय मिटर दौडमा विश्व किर्तीमान पनि बोल्टकै नाममा रहेको छ । यो स्पर्धामा जमैकाकै धावक योहान ब्लेक दोस्रो भएभने अमेरीकाका जस्टिन ग्याट्लिन तेस्रो भए । पदकको आशा गरिएका अर्का जमैकन धावक आसाफा पावेल भने फाईनलमा आठौं स्थानमा समेटिए ।


 
बोल्टले वेईजिङ ओलम्पिकमा पुरुष सय मिटर, दुई सय मिटर र ४ गुणा सय मिटर रिलेमा स्वर्ण पदक जितेका थिए ओलम्पिककै महिला ४ सय मिटर दौडतर्फ अमेरीकाकी सान्या रिचार्ड्स रोसले स्वर्ण पदक जितिन । यो स्पर्धामा साविक विजेता क्रिश्टिन ओहुरुगु दोस्रो भईन् ।