काठमाडौं। थाहा भए अनुसार शिक्षण संस्थाहरुले विदेशी नाम हटाउनुपर्ने, शुल्क घटाउनुपर्ने लगायतका माग राखेर आज विद्यार्थी संगठनहरुले देशभरका जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका छन् ।
विपक्षी दल सम्बद्ध नौ विद्यार्र्थी संगठनले शुल्क घटाउनुपर्ने र विदेशी नाम हटाउनुपर्ने माग राखेर आज विहान दुई घण्टा देशभरका शिक्षा कार्यालय अगाडी धर्ना दिएका हुन् ।
सरकारले आफुहरुको मागलाई गम्भीरतापूर्वक नलिए आन्दोलनका थप कार्यक्रम संचालन गर्ने विद्यार्र्थी संगठनहरुले जनाएका छन् । यसअघि हिजो विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडी प्रदर्शन गरेका थिए ।