करप्रति रुपन्देही उद्योगसंघको ध्यानकर्षण

बुटवल संवाददाता


बुटवल   – जिल्ला विकास समितिबाट कर असुलीको लागी ठेक्का लिएका ठेकेदारहरुले विभिन्न वहानामा गैरकानूनी रुपमा कर असुली गरेकोप्रति रुपन्देही उद्योग संघले ध्यानाकृष्ट भएको जनाएको छ ।


बुधवार एक प्रेस विज्ञप्ती जारी गरी संघले आपुनो जिल्लामा उत्पादन भएका उत्पादनहरु जिल्ला बाहिर निकासी गर्दामात्र निकासी कर लिनुपर्नेमा राज्यको एवं कानूनको समेत वेवास्ता गर्दै बाहिरी जिल्लाबाट आएको उत्पादनहरुमा पनि गैरकानूनी रुपमा कर असुली गरिरहेको पाइएको समेत उल्लेख गरिएको छ ।


संघका अध्यक्ष तेजकुमार पाठक तथा महआसचिव गणेशप्रसाद अधिकारीद्वारा संयुक्तरुपमा जारी प्रेस विज्ञप्तीमा रुपन्देही जिल्लाका विभिन्न उद्योगहरुबाट उत्पादित सिमेण्टलगायतका अन्य वस्तुहरु निकासी गर्दा जिल्ला विकास समिति कपिलवस्तुका ठेकेदारहरुले गैरकानूनी रुपमा रकम असुली गरेको पाइएको हुँदा अब आइन्दा यस्ता कार्य नगर्न आग्रह गर्दछौं भनिएको छ ।  प्रेस विज्ञप्तीमा जिल्ला विकास समिति कपिलवस्तुलाई पनि तोकिएको वस्तुमा मात्र कर लिएको छ कि छैन भनी कडाइकासाथ निगरानी गरी असुली गरिएको रकम सम्बन्धित ठेकेदारमार्पुत उद्योगीलाई फिर्ता गराइदिनसमेत जोडदार माग गर्दछौं भनी उल्लेख गरिएको छ ।