डडेलधुरा । सुदूरपश्चिमको महान पर्व गौरा अन्तर्गत आज गौरा भित्रयाईदैछ । पार्वतीको दोस्रो रुप गौराको प्रतिकलाई मन्दिरहरुमा भित्र्याएर आजबाट बिधिवत रुपमा गौरा पर्व शुरु भएको हो । गौरा सुदूरपश्चिमेलीहरुको सबैभन्दा ठूलो पर्व हो ।
धान, साउँ, तिल, अपामार्ग सहित पञ्चवालीबाट बनाईएको गौराको प्रतिकलाई मन्दिरमा भित्र्याई गौरा पर्वको अबधी भर पूजा गर्ने गरिन्छ । पित्तलको भाडमा भिजाएर राखिएको केराउ, मास, गहूँ, गुराँस र गहत गरी पञ्चअन्नलाई बिरुडा अर्थात प्रसादका रुपमा घरघरमा बाँडिने गौरा महेश्वरको पूजा गर्ने गरिन्छ ।
अबिबाहितले सुयोग्य बरको कामना गर्दै र बिबाहित महिलाले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतीका लागि उपवास बसेर गौरा