लन्डन ओलम्पिकको फुटबलतर्फको उपाधि मेक्सिकोले जितेको छ । लन्डनको वेम्बले रंगशालामा हिजो भएको फाईनल खेलमा दावेदार ब्राजिललाई २-१ ले हराँउदै मेक्सिकोले उपाधि जितेको हो । खेलमा मेक्सिकोलाई विजयी गराउन ओराईब पारेल्टाले दुई गोल गरे । पराजित टोली ब्राजीलको लागि हल्कले ईन्जुरी टाईममा एक गोल फर्काए ।
जितपछि मेक्सिकोले ओलम्पिकमा पहिलो पटक फुटबलतर्फ स्वर्ण पदक जितेको छ भने ओलम्पिक स्वर्ण जित्ने ब्राजिलको सपना फेरि एक पटक चकनाचूर भएको छ ।



