जिल्लाको पूर्व मित्याल, ९ धिर्जेमा स्थानीयले आफ्नै सक्रियतामा निर्माण गरेको पेल्ट्रिकसेट बगाएपछि चिन्तित बनेका छन् । १० वर्षअघि बिना कसैको सहयोगको झन्डै एक लाख खर्चेर उनीहरूले २० घरका लागि ३ सयबाट क्षमताको बिजुली पेल्ट्रिक सेटबाट निकालेर बत्ती बाल्दै आएको गाविस सचिव काशीराम अधिकारीले बताए ।
उनका अनुसार पेल्ट्रिक सेट रहेको आईपति खोल्सामा आएको बाढीले बिजुली निकाल्न प्रयोग गरिने मुख्य सामानसहित पूरै सामग्री बगाइदिएको छ । स्थानीयको भनाइ उद्धृत गर्दै अधिकारीले पुनः नयाँ जडान गर्न गाउँलेले नसक्ने भएकाले सहयोगको लागि आग्रह समेत गरेको बताए ।



