१९ वर्षमूनिको विश्वकप क्रिकेटको दोश्रो खेलमा पनि नेपाल पराजित/हारसंगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना लगभग समाप्त

अष्ट्रेलियामा भईरहेको १९ वर्ष मूनिको आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोश्रो खेलमा पनि नेपाल पराजित भएको छ । आयरल्याण्ड विरुद्ध बुधवार भएको खेलमा नेपाल १४ रनले पराजित भएको हो । १ सय ८६ रनको लक्ष्य पच्छ्याएको नेपाल ३ वल बाँकी छँदा १ सय ७१ रनमा समेटियो ।
राहुल विश्वकर्मा ३२, सुवास खकुरेल ३१, प्रदिप ऐरी २९, पृथु बाँस्कोटा २०, सागर पुन ८, राजेश पुलामी मगर ६ ,नरेश बुढाऐर ५, सौरभ खनाल ३, भुवन कार्की २ रनमा आउट भए । अविनाश कर्णले आउट नभइ १४ रन जोडे । हासिम अन्सारीले खाता नै खोल्न सकेनन् ।  आयरल्याण्डका जर्ज डकरेलले ४, एडम कोग्लान र गे्रम म्याक्कार्टरले २/२ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले पुरै ५० ओभर खेल्दै ८  विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । नेपालका भुवन कार्की, राहुल विश्वकर्मा, पृथु बाँस्कोटा र अविनाश कर्णले समान दुई दुई विकेट लिए ।
नेपाल पहिलो खेल अष्ट्रेलियासंग २ सय १२ रनको फराकिलो अन्तरले हारेको थियो । हारसंगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना लगभग समाप्त भएको छ । आयरल्याण्डले यसअघि खेलेका दुवै खेलमा हार ब्योहोरेको थियो । आयरल्याण्डको यो पहिलो जीत हो ।