आईसीसी अण्डर नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत समुहका सबै खेलमा नेपाल पराजित

आईसीसी अण्डर नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत समुहका सबै खेलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा अष्ट्रेलिया तथा दोस्रो खेलमा आयरल्याण्ड्सँग पराजित नेपालले आज भएको तेस्रो खेलमा इंग्लण्डसँग १ सय २६ रनको हार वेहो-यो ।


आज विहान टस जितेर व्याटिङ रोजेको इंग्लण्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७४ रन बनायो । कुनै समय २५ ओभरमा २ विकेट गुमाएर ८५ रन मात्रै जोडेको इंग्लण्डको लागि बेन फोकसले ९२ रन बनाएभने विष्फोटक व्याटिङ गरेका बेन डकेटले ३३ बलमा ५५ रन जोडे । बलीङतर्फ नेपालका राहुल विश्वकर्माले ३ विकेट लिएभने अविनाश कर्णले दुई तथा प्रदिप ऐरीले एक विकेट हात पारे ।


जवाफको २ सय ७५ रनको लक्ष्य पाएको नेपालले ४६ ओभरमा अलआउट हुनुपुर्व १ सय ४८ रन मात्रै बनाउन सक्यो । नेपालका सुभास खकुरेलले ५५ रनको अर्ध सतकीय ईनिङ खेले । जारी आईसीसी अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा खकुरेलको यो पहिलो अर्धशतक हो । यसैगरी नेपालको ईनिङमा हसिम अन्सारीले ३६ रनको योगदान दिए ।

 

– RSS