काठमाडौं – आज कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिन । आज सन्तानहरुले बुवाको मुख हेर्ने र मिष्ठान्न भोजन गराउँछन् । हिन्दु धर्मालम्वीहरुको पर्व मध्येको एक यो पर्व देशभर मनाइन्छ ।
जन्म दिने बावुले हुर्काएको र पालन गरेका बावुप्रति कृतज्ञता ज्ञापन गर्न बावुको मुख हेर्ने गरिन्छ । बावुलाई मिष्ठान्न भोजन गराई उनीहरुबाट आशिर्वाद लिने पनि गरिन्छ । बावु नहुनेहरुले भने नदिजलाशयमा गई बावुको नाममा पिण्ड दिने दिन्छन् ।
त्यस्तै, आजै राजधानी स्थित गोर्कणेश्वर मन्दिरमा ठुलो भिड लाग्छ । नदिमा स्नान गरी मन्दिरमा दर्शन गर्नेहरुको भिड राती देखिनै लाग्छ । त्यस्तै, आज पुरानो कुश फाली नयाँ कुश घरमा ल्याने गरिन्छ । पुरानो कुश पुजा पाठमा आजदेखि नचल्ने भएकाले नयाँ कुश घरमा ल्याएर राख्ने चलन छ ।
– Arghakhanchi.Com