बलिउडमा सबैभन्दा बढी किस गर्ने नायिकाको उपाधी प्रियंका चोपडालाई

एजेन्सी । बलिउडमा नायक इमरान हाशमीलाई सिरियल किसरको उपाधी दिइएको छ । त्यस्तै अब नायिकातर्फको यो उपाधी भने सेक्सी नायिका प्रियंका चोपडाले पाएकी छिन् । हालै बलिउडका सबै नायिकाहरुबीच गरिएको एक प्रतिस्पर्धामा प्रियंकाले अन्य नायिकालाई पछिपार्दै यो उपाधी प्राप्त गरेकी हुन् ।


ब्लिउडमा उत्तेजक र बढी किस सिन दिनेमा अघि देखिएकी प्रियंकाले यो प्रतिस्पर्धामा ऐश्वर्या राय, करिना कपुर, दीपिका पादुकोने र अनुष्का शर्मालाई उछिनेकी छिन् । समाचारका अनुसार बलिउड फिल्म फेसन, अग्निपथ, सात खुन माफ, कमिने, ऐतराज जस्ता फिल्ममा प्रियंकाले दिएको भड्किलो किस सिनका कारण अग्र स्थानमा रहन सफल भएको जनाइएको छ ।


त्यस्तै यस प्रतिस्पर्धामा ऐश्वर्या राय दोस्रो नम्बरमा रहिन् । ऐश्वर्याले फिल्म धूममा ऋतिक रोशन, रावणमा अभिषेक बच्चन र क्यों हो गया नामा विवेक ओवरायका साथ गरेको किस सिनका आधारमा दोस्रो नम्बरमा रहेकी हुन् ।



त्यस्तै यस प्रतिस्पर्धामा तेस्रो नम्बरमा करिना कपुर रहेकी छिन् । करिनाले ३ इडियटमा आमिर खान र जब वी मेटमा शाहिद कपुरका साथ गरेको किस सिन अत्यधिक चर्चामा रहेको जनाइएको छ ।