रुसमा पुसी रायट ब्यान्डका तीन महिला सदस्यलाई दुई बर्षको जेल सजायँ

PHOTO: Feminist punk group Pussy Riot members, Nadezhda Tolokonnikova, right, Maria Alekhina, center, and Yekaterina Samutsevich, sit in a glass cage at a court room in Moscow, Russia, Aug. 17, 2012.

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिरुद्ध मस्कोस्थित एक गिर्जाघरमा प्रदर्शन गरेको अपराधमा रुसको एक पप संगीत ब्यान्डका तीन सदस्यलाई दुई बर्षको जेल सजायँ तोकिएको छ ।

 

 पुसी रायट ब्यान्डका तीन महिला सदस्यलाई रुसी अदालतले धर्मको नाममा घृणा फैलाएर गुण्डागर्दी गरेको भन्दै यस्तो सजायँ तोकेको हो ।

 

 ब्यान्डका सदस्यले बताए अनुसार ७ महिनाअघि गरेको प्रदर्शनको उद्देश्य भने रुसी पुरातनवादी चर्चबाट पुटिनले पाएको समर्थनतर्फ    सबैको ध्यानाकर्षण गराउनु रहेको थियो ।

 

अदालतको फैसलाप्रति अमेरिका, बेलायत तथा युरोपियन युनियनले भने आपत्ति जनाएका छन् ।