आज मिस वर्ल्ड प्रतियोगिता २०१२ को फाइनल

सन् २०१२ को मिस वर्ल्ड प्रतियोगिताको फाइनल अहिले केही बेरमा सुरु हुँदैछ । छिमेकीमुलक चीनको ओरडास शहरमा एक भव्य समारोहकाबीच मिस वर्ल्ड प्रतियोगिता सञ्चालन हुँदैछ । नेपाली समय अनुसार अहिले बेलुकी सवा ५ बजेबाट मिस वल्र्ड प्रतियोगिताको फाइनल चरण सुरु हुनेछ । यस पटकको मिस वल्र्ड प्रतियोगितालाई सम्पूर्ण नेपालीहरु समेतले व्यग्रताका साथ प्रतिक्षा गरेर बसिरहेका छन् ।


कारण हो, मिस नेपाल सृष्टि श्रेष्ठ मिस वल्र्ड भएको हेर्ने इच्छा । बिगतको वर्षको तुलनामा यस पटक नेपालीहरुले सृष्टिबाट ठूलै आशा राखेका छन् । किनपनि भने, यस पटक सृष्टि विच ब्यूटी कन्टेस्टमा उत्कृष्ट १० भित्र पर्न सफल भएकी छिन् । नेपालको इतिहासमा मिस वल्र्डको कुनै कन्टेस्टको उत्कृष्ट १० मा परेको यो नै पहिलो पटक हो ।

सृष्टिले देशका लागि कुनै उपाधी दिलाउँछन् कि दिलाउँदिनन् त्यो भने प्रतिक्षाकै घडी बनेको छ । अहिले मिस वल्र्डको फाइनलका लागि चीनमा विश्वभरीका १ सय १६ सुन्दरीहरु आफ्नो भाग्यपरीक्षा कुरेर बसिरहेका छन् ।


विश्वभरका सुन्दरीहरुले आज मिस वल्र्ड समारोहमा इभिनिङ गाउन देखि लिएर स्वीमिङ कस्ट्युमसम्ममा आफ्नो प्रतिभा देखाउने छन् । सबै सुन्दरीहरुको प्रतिभा पश्चात अन्ततः एक सुन्दरीलाई भेनेजुयलाकी वर्तमान मिस वल्र्ड इवियान सर्कोसले मिस वल्र्ड २०१२ को ताज पहि