काठमाडौंको मच्छेगाउँमा यसवर्षको मच्छे नारायण मेला सुरु

काठमाडौं  । काठमाडौंको मच्छेगाउँमा आजबाट यसवर्षको मच्छे नारायण मेला सुरु भएको छ । मच्छेगाउँमा स्थानीय विशेषता झल्कने गरी ३ वर्षको अन्तरालमा मच्छे नारायणको मेला आयोजना गरिन्छ ।


स्थानीय नेवार समूदायको विशेषता झल्कने झाँकी निकालेर आज मेलाको शुभारम्भ गरिएको हो । एक महिनासम्म चल्ने मेला ब्यवस्थापनको मुख्य जिम्मेवारी मच्छे नारायण विकास समितिले लिएको छ ।


गाउँ विकास सिमति, स्थानीय क्लब, विभिन्न संघ संस्था र सरोकारवालाहरुको सहयोगमा मेलालाई ब्यवस्थित बनाइने समितिले जनाएको छ ।

 

– RSS