हाल प्राप्त तलबमा प्रतिव्यक्ति १३ हजारले बृद्धि गरिनुपर्ने, कर्मचारीहरुले काम गरेको अवधिको आधारमा तलब बृद्धि गरिनुपर्ने माग उनीहरुको छ । यस्तै कर्मचारीहरुको आयकर एवं कर्मचारीको सम्पूर्ण उपचार खर्च कम्पनीले तिर्नुपर्ने, कर्मचारीका परिवारका सदस्यहरुको उपचार खर्च मध्ये ९० प्रतिशत कम्पनीले तिर्नुपर्ने लगायतका ७ बुँदे माग कर्मचारीहरुले राखेका छन् ।
हाल कर्मचारीहरुले न्युनतम १३ हजार देखि ४५ हजार रुपैयाँसम्म तलब बुझ्दै आएका छन् । कम्पनीको काठमाडौ शाखामा ६६ नेपाली कामदार कार्यरत छन् । RSS



