
हलिउडका निर्देशक टोनी स्कटले पुलबाट हाफ फालेर आत्महत्या गरेका छन् । स्कटले आइतबारको दिन अमेरिकाको लसएन्जल्सस्थित विन्सेंट थमस पुलबाट हाफ फालेर आत्महत्या गरेका हुन् ।
हलिउड अभिनेता टम क्रूजलाई टप गन फिल्मबाट स्टार बनाउने निर्देशकको आत्महत्याको रहस्य भने खुलिसकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
६८ वर्षीय टोनीको कार विसेन्ट पुल नजिकै भेटिएको थियो । जसबाट उनको सुसाइड नोट समेत प्राप्त भएको जनाएको छ । टोनीले फिल्म टप गनबाट हलिउडको यात्रा सुरु गरेका थिए । सोही फिल्मबाट उनलाई हलिउडमा सफल निर्देशकको दर्जा समेत दिइएको थियो ।
टोनीले हालसम्म हलिउडका धेरै चर्चित कलाकारहरुलाई आफूसँग काम गराई सकेको जनाइएको छ । प्रहरीले टोनीको मृत्यु आत्महत्या नभएर हत्या पनि हुन सक्ने आशंका गरेको छ ।
– एजेन्सी