छोरी जन्माएपछि मोटाइएकी ३८ वर्षीया ऐश्वर्या राय २४ को हाराहारीमा


मुम्बई – एक गहनाको विज्ञापनमा प्रयोग भएको ऐश्वर्या रायको नयाँ फोटो सार्वजनिक गरिएको छ। छोरी जन्माएपछि मोटाइन् भनेर उनलाई धेरैले आलोचना गरेका थिए।

 

यो फोटो निस्किएपछि प्रमाणित भएको छ, उनले आफ्नो ज्यानलाई तुरुन्तै नियन्त्रणमा ल्याएकी छिन्। कल्याण ज्वेलर्स कम्पनीको विज्ञापनमा ३८ वर्षीया ऐश्वर्यालाई २४ को हाराहारीमा देखिएको छ। उनले विज्ञापनका लागि केही दिनअघि तस्बिर खिचाएकी हुन्। चाउरीपन, थकितपन र मोटो चिउडो अहिले उनको अनुहारबाट हराइसकेको छ।



फोटो हेरेपछि केहीले यसलाई कम्प्युटरको कमाल पनि मानेका छन्। तैपनि थप तस्बिर र जमघटमा देखिएपछि ऐश्वर्याको असली रुप देखिहाल्छ नि। ऐश्वर्या आमा बन्ने बेलाको झैं मोटी छिन् या स्लिम भइसकिन्? थाहा पाउन धैर्य गर्नुको विकल्प छैन।

 

– एजेन्सी