नायक निखील उप्रेती र नायिका सञ्चिता लुइटेललाई पुत्री लाभ भएको छ । पहिलो सन्तानको रुपमा छोरो जन्माएको एक वर्षपछि नै नायिका लुइटेलले दोस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् ।
सोमवार बेलुकी थापाथलीस्थित नर्भिक अस्पतालमा डेलिभरिका लागि भर्ना भएकी लुइटेलले राती ७ बजेर ४० मिनेट जाँदा ३ किलो ८ सय ग्राम तौल भएकी छोरीको जन्म दिएकी हुन् । यसअघि लुइटेलले पहिलो सन्तान छोराको पनि नर्भिक अस्पतालमै जन्म दिएकी थिइन ।
बच्चाको डेलिभरी भने शल्यक्रियावाट गरिएको सञ्चिताकी बहिनी सिवानी लुइटेलले अनलाइनखबरलाई जानकारी दिइन् । सिवानीले अनलाइनखबरसंग भनिन्,