समयमै सडक मर्मत नहुँदा यात्रुहरु प्रभावित

पि.एम.मगर
केही दिनअघि परेको अविरल वर्षाका कारण कच्ची सडकहरु विग्रिएपछि ग्रामिण क्षेत्रका जनता जोखिमपुर्ण यात्रा गर्न वाध्य भएका छन्। 
वर्षाका कारण ग्रामिण क्षेत्रका कच्ची सडक खण्डको विचविचमा पहिरो खस्ने, पानी जम्ने, खाल्डो पर्ने जस्ता समस्याका कारण सवारी साधन सञ्चालनमा समेत निक्कै समस्या भएको छ। तर पनि ग्रामिण क्षेत्रका जनता भने सोही सडकमा चल्ने सवारी साधनवाट जोखिमपुर्ण यात्रा गर्न वाध्य छन्। सडक विग्रिएपछि समयमै त्यसको मर्मत कार्य हुन नसक्दा जनताले यस्तो जोखिम मोल्नु परेको हो। गुल्मीको गौडाकोट गाविसदेखि जुभुङ्ग झिरवास, मजुवा साथै झिरवास हुँदै बलिथुम, पराल्मी रातामाटा जोड्ने सडकहरुमा पनि विचविचमा स