बलिउडका सुपरस्टार अमिताभ बच्चन अब सामाजिक सञ्जाल फेसुबकमा सक्रिय भएका छन् । अर्को सामाजिक सञ्जाल ट्वीटरमा लगातार उपस्थित हुँदै आएका अभिताभ अब भने फेसुबमा पनि निरन्तर सक्रिय हुने बुझिएको छ ।
फेसबुकमा सक्रिय उपस्थिति जनाउन लागेका अमिताभले भारतीय च्यानल स्टार प्लसमा प्रशारण हुने कार्यक्रम कौन बनेगा करोडपति मुख्य कारण रहेको आंकलन गरिएको छ । अमिताभले फेसुबक मार्फत केबीसीको प्रमोशन गर्न लागेको विज्ञहरुले दाबी गरेका छन् ।
अमिताभको उक्त फेसबुक अकान्ट भने पहिल्यै बनाइएको थियो भने अहिले भने उक्त पेजमा सक्रिय मात्रै भएको जनाइएको छ । अमिताभ फेसबुकमा सक्रिय भए लगत्तै उनले आफ्ना फ्यानहरुलाई ईदको शुभकामना दिएका छन् ।



