उतार चढावबीच शेयरमा सामान्य सुधार

काठमाडौं । अघिल्ला दिन ओरालो लागेको बजारमा मंगलबार भने सामान्य सुधार भयो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब आधा अंकले सुधार भएर ३ सय ९६ दशमलब एक छ कायम भयो । अन्य र जलविद्युत समूहका सूचक सामान्य अंकले सकारात्मक रहेसंगै अरु सबै समूहका सूचक ऋणात्मक रहँदा पनि नेप्से धनात्मक रहन गएको हो ।


अन्य समूह करिब ६ अंकले सकारात्मक रह्यो भने जलविद्युत समूहमा करिब ४ अंकको बृद्धि भयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा ९० कम्पनीको १ लाख ६२ हजार कित्ता शेयर ५ करोड ९४ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । RSS