नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा बुधबार नयाँ रेकर्ड कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ५८ हजार ५० रुपैयाँ पुगेको छ । यो मूल्य नेपाली बजारमा आजसम्मकै उच्च मूल्य हो ।


यसअघि गएको असार ७ गते ५७ हजार ७ सय रुपैयाँको उच्च मूल्य अंकित भएको थियो । मंगलबार भन्दा आज तोलामा ३ सय रुपैयाँले बृद्धि भई ५८ हजारको आंकडा नाघेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

 अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यबृद्धिसँगै नेपाली बजारमा माग बढेपछि सुनको भाउ आकाशिएको पनि संघले जनाएको छ ।

 

– RSS