नेपाल राष्ट्रबैंक केटाकेटीको नीति अपनाउदै छ : पाठक


 

पश्चिमाञ्चल बिकास क्षेत्र अन्तरगत लुम्बिनी अञ्चल र यसवरपरका शहरमध्ये बुटवल आर्थिक हिसाबमा एउटा मोफसल राजधानीनै हो । पहाडी तथा खुला भारतीय सिमानाकाकारण पनि यस् क्षेत्रमा आर्थिक गतिबिधी निकै नै बढी हुने गर्छ । यसै परिस्थितीलाई मध्यनजर गर्दै बुटवलमा बैक तथा बिभिन्न फाईनान्स बित्तिय कम्पनी प्रस्तस्तै रुपमा सन्चालनमा आएका छन । कसैले शाखा विस्तारको क्रममा त्यहा आफ्नो सेवा प्रदान गर्दै छन भने कसैले बुटवललाई नै केन्द्र बनाएर आफ्नो सेवा आम सर्वसाधारण लाई दीईरहेको अवस्था छ । वि.स. २०६१ मा रुपन्देहीमा केन्द्रियकार्यालय हुने गरी स्थापना भएको भिर्कुटी बिकास बैक एउटा त्यस्तै नमुना बिकास बैकहो जसले अहिले यस् क्षेत्रमा राम्रो सेवा प्रदान गरेको भन्ने आम सर्वसाधारणको भनाइ छ । यसै सेरोफेरोमा रहेर यसै बिषयमा सोही भ्रीकुटी बिकास बैकका प्रबन्धक युवराज पाठक सग कुराकानी गरेका छौ । प्रस्तुत छ बैकका प्रबन्धक युवराज पाठक सगं अर्घाखाँची डट्कम् का बिदेश बिभाग प्रमुख हाल नेपालमा रहनु भएका नेपाल प्रमुख प्रतिनिधि उमाकान्त पान्डे गाउंलेले गरेको कुराकानीको आधारमा तयार पारीएको सम्पादित अशं …………


मुलुकको आर्थिक परिसूचक निरन्तर नकारात्मक देखिइरहेका छन् । शोधनान्तर घाटा उस्तै दयनिय छ । मूल्यवृद्धि प्रतिशत बढीरहेको छ।यसले देशको आर्थिक अवस्था साँच्चै नै सङ्कटपूर्ण बन्दै गएको देखाउँछ । तर देशका राजनितिक दल र तीनका गतिबिधीलाई देखाएर बैक तथा अन्य बित्तिय सस्था संचालकहरुले बैकिङ तरलतालाई झन बढी मलजल गरिरहेका छन । राजनीतिक अस्थिरतालाई देखाएर बैकिङ तरलता भएको हो भन्नु देखावटी मात्र हो भन्नुहुन्छ प्रबन्धक युवराज पाठक ।

 

निश्चय पनि मुलुकको आर्थिक अवस्था सङ्कटपूर्ण बन्दै गएको छ । दुर्भाग्य अर्थतन्त्रलाई सुधार गर्ने र दीर्घकालीन सोच बनाउने कुरा केन्द्रिय बैंकले गरेन ।  देशमा लगानीमैत्री वातावरण बनाउने र आर्थिक एजेण्डालाई केन्द्रबिन्दुमा राख्ने प्रयास गर्दै गरिएन भन्दा पनि गलत हुँदैन । त्यसैले देशको अर्थतन्त्र निरन्तर सङ्कटपूर्ण बन्दै गएको छ पाठकको तर्क हो यो । पूर्ण सङ्कटको अवस्थालाई १० पूर्णाकं दिने हो भने अहिलेको अवस्थालाई ५-७ नम्बर दिनुपर्छ । शान्ति सुरक्षाको अभावले नागरिक जीवन, व्यक्तिगत सम्पत्ति र लगानीको सुरक्षामा गम्भीर समस्या परेको त हो तर यो नै खाश कारण नभएको प्रबन्धक पाठकको भनाइ छ ।

 


 

केन्द्रिय बैकले आर्थिक नीतिको प्रष्ट खाका प्रस्तुत गर्न सकेको छैन । नेपाल राष्ट्रबैकको स्थाई नीति नहुँदा गत आर्थिक बर्षमा ब्याजदर सम्बन्धी अवस्था “टाइट, “लुज, “टाइट”को रुपमा अगाडि बड्यौ । यसो गर्दा पनि धेरै समस्या देखा परे । वास्तबमै भन्नेहो भने राष्ट्रबैकले निक्षेपको २ प्रतिशत ब्याज नदिने भन्यौ यता बित्तिय सस्थाले ५ प्रतिशत सम्म ब्याज दीईरहे । बैक तथा बित्तिय सस्था सेवा सगै फाईदा लिने भन्ने उद्देश्यले स्थापित भएका हुन्छन । त्यसर्थ आफ्ना केही सिमित मुल्यमान्यता र सिदान्तलाई ख्याल गर्दै कसरी हुन्छ आफ्नो भलो चिताउछन जस्ले गर्दा बित्तिय बजारमा अपार्दर्सिता एवम अनुशासनहिन व्यबहार हुन लाग्छन । तर यस् को पनि अनुगमन गर्नुपर्ने निकाय वा सरचना केन्द्रिय बैक नै हो। तर त्यसको अनुगमन वा रेखदेख गर्ने सम्रचना ठीक ठाउँमा प्रयोग नहुँदा वा प्रयोगमै नआउदा बित्तिय सस्थालाई झन अनैतिक एवम त्यस्तै अनुशासनहिन कार्य गर्न बल मिलेको छ ।
 
केन्द्र बैकको नीति अनुरुप बैकको “ख” “ग” “घ” स्तरका वित्तिय सस्थाले वाणिज्य बैकमा रकम जम्मा गर्दा ब्याज समेत पाउछन । जसले गर्दा त्यसप्रकृयामा बित्तियसस्थाले साझेदारी मैत्री गरेर कालो धन्दा समेत सुरु गरेका हुन्छन
। बैक तथा बित्तिय सस्थालाई अहिले आएर मर्ज गर्ने भन्ने कुरा निकै चर्चामा आएको बिषय हो पाठकले भने ” राष्ट्रबैकले गरेको सर्वेक्षणमा अझै पनि ४० प्रतिशत नेपाली जनता आम बैकिङ सेवा सुबिधाको प्रयोग बाट बन्चित छन र पनि अहिले बहेका बैक तथा बित्तिय सस्था धेरै भए भन्दै मर्ज हौ भनिदै छ, यस्तो पनि काही हुन सक्छ ?”

पूँजी पनि व्यापक रूपले पलायन भएको आशङ्का गरिँदैछ यो झनै ठूलो समस्या हो । शोधनान्तर स्थिति सकारात्मक भयो भने मात्रा सन्तोष जनकहो  । तर, अहिले मुलुकबाटै लुकेर अर्बौ रुपैयाँ बाहिर गइरहेको अर्थ बिदहरु बताउछन पाठकले भने यो सबै मुलुकको अर्थनीतिप्रति मानिसमा विश्वास नभएर नै त्यो स्थिति आएको हो ।बैङ्किङ प्रणाली बाहिरबाट हुने आर्थिक कारोबार बढेकाले तरलता समस्या उत्पन्न भएको भनिँदैछ । अर्थतन्त्रमा देखापरेको धेरै प्रकारका समस्या राष्ट्र बैङ्कले लिएको नीतिकै कारणले भइरहेको छ । त्यसमा राष्ट्र बैङ्कको विगतको नेतृत्वको पनि दोष छ । यति धेरै वित्तीय संस्था र बैङ्कहरूलाई लाइसेन्स दिएर अस्वस्थ प्रतिस्पर्धा गराउने काम गर्नुहुँदैनथ्यो । सुरुमा सजिलै जथाभावी लाइसेन्स दिने अहिले खुलेका बित्तिय सस्था माथि अकुश लगाउने ? यस्तो काममा रोक लगाउनुपर्छ ।कमसेकम एउटा अध्ययन गरेर बजारले धान्न सक्ने वित्तीय संस्थाहरू खोल्न दिनुपर्ने । कहिले खुला अर्थतन्त्र भन्छ कहिले के । तर, राष्ट्र बैङ्कले आफ्नो नियमन र सुपरिवेक्षण गर्न सक्ने क्षमताभन्दा बाहिर गएर लाइसेन्स वितरण गरेका कारण अहिले बित्तिय क्षेत्रमा धेरै समस्या आएका हुन । त्यसबाट उसले आफ्नो दायित्व पूरा गर्न सकेन । यसबाहेक राष्ट्र बैङ्कका नीतिलगायत कुरामा दलगत राजनीति हावी हुन थाल्यो । योग्यभन्दा आफू नजिकका मानिसलाई नियुक्ति र जिम्मेवारी दिन थालिएको छ । अहिले कै कुरा गर्नुहुन्छ भने राष्ट्र बैङ्कले अचानक वित्तीय कम्पनीबाट निक्षेप फिर्ता लिने वा मर्ज गर्ने गर्न थालेको छ । निक्षेप दिन उचित थिएन भने किन पहिले त्यस्तो निर्णय गरियो ? अचानक ठूलो रकम झिक्न थालेपछि त वित्त कम्पनीहरू स्वत: धरासायी भइहाल्छन् नि । राष्ट्र बैङ्कको केटाकेटी नीतिका कारणले पनि अहिले वित्तीय क्षेत्रमा सङ्कट उत्पन्न भएको हो।दोष राष्ट्र बैङ्कको मात्रै हो त ? भन्ने प्रश्नमा पाठक भन्नुहुन्छ सबैभन्दा महत्त्वपूर्ण कुरा, बैङ्किङ प्रणालीप्रति सर्वसाधारणमा विश्वास नै भएन । त्यसैले मानिसहरू आफ्नो रकम वित्तीय संस्थामा राख्नुभन्दा घरमै राख्नु उचित सम्झन थाले । बजारमा पैसा प्रशस्त छ, तर बैङ्किङ प्रणालीमा छैन । तरलता छ, तर प्रणालीबाहिर छ । यसबाट समानान्तर अर्थतन्त्र सञ्चालन हुने खतरा बढेर गएको हो ।सरकारको अर्थनीति, राष्ट्र बैङ्क र समग्र वित्तीय प्रणालीप्रति मानिसको विश्वास नभएकाले नै यो अवस्था सृजना भएको हो ।वित्तीय प्रणालीभन्दा बाहिर रकम रहन थालेपछि राष्ट्र बैङ्कको मौद्रिक नीतिको प्रभावकारिता रहँदैन । वित्तीय सङ्कट अझ बढी गहिरिन्छ । नेपाली मुद्राप्रति नै मानिसमा विश्वास कम हुँदै जान्छ । त्यसपछि  मानिसहरू सुन-चाँदी र विदेशी मुद्रा सञ्चय गर्न थाल्छन् । यसबाट पूँजी पलायन पनि तीव्र हुन थाल्छ । मुलुकका अर्थतन्त्रका निम्ति यो अत्यन्तै नकारात्मक कुरा हो पाठकले भने।भारतीय मुद्रासँग नेपाली मुद्रा अवमूल्यन गर्नुपर्ने कुरा पनि अहिले चलेको हल्ला प्रती त्यस्तो अवस्था नआएको बिश्लेशकहरुको भनाइ छ। पाठकले पनि यसलाई स्विकार गरे । हचुवाका भरमा मन्त्री र गभर्नरका मुखबाट पनि बेलाबखतमा मुद्रा अवमूल्यनको कुरा आउने गरेको छ । अर्थव्यवस्थालाई सुधारेर नेपाली मुद्राको विनिमय दरलाई स्थिर राख्नुपर्छ ।


शेयर बजारको अवस्था त दिनानुदिन नाजुक बन्दै गएको छ । यसको सुधारका निम्ति पहिलो, अहिलेको समग्र शेयर बजारले देशको आर्थिक परिवेशलाई प्रतिनिधित्व गर्छ । लगानीप्रति मानिसहरूमा जुन प्रकारको अविश्वास छ, त्यसको प्रतिबिम्ब शेयर बजारमा परेको छ । दोस्रो, व्यवस्थापन पक्षको पनि दोष छ । मानिसहरूले बैङ्कको शेयर धितो राखेर लिएको मार्जिन ऋणको ब्याजदर असाध्यै बढी भएकाले शेयरको भाउ घटेको हो । केही वर्षअगाडि शेयर बजारको भाउ अस्वाभाविक रूपमा आकासिन थाल्यो भनेर मार्जिन ऋणलाई निकै कडा गरिन लागेको पनि थियो । त्यसलाई अहिलेको परिस्थितिअनुसार समायोजन गर्नुपर्ने आवश्यकता छ । शेयर बजार यस्तो अवस्थामा पुग्दा नागरिक लगानी कोषलगायत मार्केट मेकरहरू के गरेर बसेका छन् ? तिनीहरूको कुनै दायित्व छैन ? समग्रमा भन्नुपर्दा मुलुकमा लगानीमुखी वातावरण बनाउनुपर्छ प्रबन्धक पाठकले भन्नु भयो ।


हुनत बित्तिय सस्था बैकहरु दलाल (जग्गाकारोबारी)जस्ता हुनु अर्थात एकै पटक छिट्टो र धेरै कमाउन खोज्नु पनि एउटा नकरात्मक पक्षहो पाठक भन्छन । बैकर्षहरुले आफु संचा&#2354