बलिउड नायक सलमान खान चर्चामा आइरहने नायक मध्य एक मानिन्छन् । उनि कैट्रिना कैफसंगको सम्बन्धले पनि धेरै पटक चर्चामा आइनै रहेका छन् ।

कैट्रिना कैफलाई कहिले थप्पड हानेर त कहिले बहिनी भनेर चर्चामा आइरहने बलिउड नायक सलमान खानले यसपटक भने कैट्रिनालाइ अनौठो व्यवहार गर्दै गरेको दृश्य क्यामरामा कैद भएको छ ।
पछिल्लो समय सलमानको नँया फिल्म एक था टाइगरको प्रमोसन गर्ने क्रममा यी दुइ जोडी बिभिन्न स्थानमा संगै पुग्ने गरेका छन ।
यसै क्रममा यस चलचित्रका बारेमा बताउन उनीहरु झलक दिखालाजाको सेटमा पुगेका थिए । सेटको पछिल्लो भागमा कैट्रिना एक्लै बसिरहेको मौका छोपेर उनले मस्तीको मुडमा यस्तो व्यवहार देखाएका हुन् ।
फोटोग्राफरले मौकाको सदुपयोग गर्दै खिचेको तस्विरमा सल्लुभाइ मात्र हैन कैट्रिना पनि बडो रोमान्टिक देखिएकी छन ।
– एजेन्सी