बेलायतको अक्सफोर्डशायरस्थित कोर्नबरी पार्कको चिसो पानीमा आगन्तुकहरु नांगै पौडिए


 

एजेन्सी । बेलायतको अक्सफोर्डशायरस्थित कोर्नबरी पार्कमा हालै वाइल्डरनेस फेटिवलको आयोजना गरिएको थियो । जसमा सयौं व्यक्तिको सहभागिता रह्यो । उक्त फेस्टिवलका सहभागीहरुले पानीमा नांगै भएर छलाङ लगाएका थिए ।

 


 

सिक्रेट सिनेमाका संस्थापकहरुले आयोजना गरेको उक्त फेस्टिवलमा उपस्थित भएकाहरुले चिसो पानीमा नांगै पौडिएका हुन् । उक्त कार्यक्रममा भाग लिन आगन्तुकहरुलाई गोप्य तरिकाले सुचित गरिएको थियो ।

 


 

सिक्रेट सिनेमाको आधिकारीक वेवसाइटले आगामी दिनमा आयोजना हुने फेस्टिवलमा सहभागीहरुले जंगलक्षेत्र, नदी, झरना, तलाउ र समुन्द्री ईलाकाहरुमा पुगेर मनोरञ्जन लिन सकिने उल्लेख गरेको जनाइएको छ ।

 








secret swimming 6 The naked Secret Swimming club meet at Cornbury Park, Oxfordshire (photos)