कपन भदौ ९ गते । पायोनियर इन्टरनेशनल पब्लिक स्कुल कपनद्धारा आयोजित प्रथम पायोनियर अन्तरस्कुल चेस टुर्नामेन्टको उपाधि चिल्ड्रेन हेवेन स्कुलका उत्तमिसं कठायतले जितेका छन् ।
स्वीस लिग पाँच चरणको खेलमा उत्तमले समान पाँच अंक प्राप्त गरेका बालउद्धारका दिनेश विकलाई टाइब्रेकमा पछि पारेका थिए । त्यस्तै समान ४ अंक प्राप्त गरेपनि टाईब्रेकमा रिलायन्स इन्टरनेशनल स्कुलका बिक्रम तामाङ्ग तेश्रो भए भने तारासदनका मनाङ्ग राई चौथौं रिलायन्सकै नयन खकुरेल पाँचौं तारासदनका पेम्बा शेर्पा छैटौं र आयोजक पायोनियरका सन्देश कटुवाल सातौं भए ।
विजयी तथा सहभागीहरुलाई पि्र_िन्सपल शंकरराज न्यौपानेको सभापतित्वमा एक कार्यक्रमबीच राखेप खेलकुद प्रतिष्ठानका उपनिर्देशक केशवराज गौतम नेपाल बुद्धिचाल संघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजु र स्थानीय समाजसेवी ठाकुरप्रसाद खकुरेल लगायतले ट्रफि मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए । कपन भेगीय दुईदिने टुर्नामेन्टमा १८ वटा स्कुलका ४ छात्रासहित ४४ जना खेलाडीहरु सहभागी थिए ।