घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु

बागलुङ – घाँस काट्न गएको समयमा भीरबाट लडेर यहाँकी एक ४० वर्षीय महिलाको मृत्यु भएको छ ।


भीमगिठे-७ की हरिकला खत्रीको बुधबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको हो । साँझको समयमा घर नजिकैको नौलाखर्कमा रहेको भीरमा घाँस काट्न गएकी खत्री खत्रीको लडेको देखेपछि स्थानीयले प्रहरीमा खवर गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बतायो ।

 

बुर्तिवाङ स्थित प्राथमिक उपचार केन्द्रमा उपचारका लागि लगिए पनि मृत्यु भैसकेको स्थानीय हेमप्रसाद गुरुङले जानकारी दिए । – RSS