सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं  । गतसाताको बुधबारबाट दिनहुँ सुनको मूल्यमा नयाँ कीर्तिमान बन्ने क्रम रोकिएको छैन । त्यसयता निरन्तर उकालो लाग्दै आएको सुन आज नेपाली बजारमा प्रतितोला ५९ हजार १ सय ९४ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

 

यो नेपाली बजारमा आजसम्मकै उच्च सुनको मूल्य हो । गतसाताको अन्तिम दिनको तुलनामा आज २ सय ९४ रुपैयाँले बृद्धि भई सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।


गएको शुक्रबार सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको भाउ बढ्ने क्रम जारी भएकाले नेपाली बजारमा पनि सुनको मूल्य उकालो लागिरहेको संघले बताएको छ । त्यस्तै चाँदीको मूल्य पनि बढ्ने क्रम रोकिएको छैन । आज नेपाली बजारमा चाँदी प्रतितोला ११ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।


गतसाताको अन्तिममा चाँदीको मूल्य प्रतितोला ११ सय रुपैयाँ थियो । रासस