करीब १५ वर्षदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना ढिलै भएपनि अघि बढ्ने बलियो संकेत

पश्चिम सेती सात सय पचास मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना बहुउद्देश्यीय आयोजनाको रुपमा निर्माण गर्न सोमबार नेपाल र चीनका अधिकारीहरुबीच थप सहमति भएको छ।


त्यस अनुसार सो आयोजनाको १० प्रतिशत सम्म शेयर स्थानीय बासिन्दालाई दिने प्रस्ताव गरिएको छ।
तर आयोजना सम्पन्न हुन कम्तीमा आठ वर्ष लाग्ने बताइएको छ।


करीब १५ वर्षदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्न चीनको थ्रि गोर्जेज इन्टरनेसनल र नेपाल सरकारबीच छ महिना अघि एक समझदारी भएको थियो।

त्यसलाई थप संशोधन गर्दै सोमबार नेपाल सरकारको लगानी बोर्ड र थ्री गोर्जेज अन्तरगतको सीडब्लुई इन्भेस्टमेन्ट कम्पनीबीच आयोजनालाई बहुउद्देश्यीय बनाउन थप सहमति भएको हो।


चिनियाँ पक्षसंग सहमतिपत्रमा हस्ताक्षर गरेका लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तका अनुसार नयाँ सहमतिले पश्चिम सेतीको विकासको लागि बाटो खोलेको छ।