
केहि दिन अगाडी बाथरुम जादां चिप्लेर शरीरको कम्मरको हड्डी भांचिन पुगेका चरित्र अभिनेता एके हंगल लाई मुंबईको आशा पारेख अस्पतालमा भर्ना गरिएको थियो ।
उनको एउटा फोक्सोले काम गर्न छाडेपछि शारिरीक स्थिती झन् बिग्रीन थालेपछि उनलाई वेंटीलेटरमा राखेका थिए । उपचारको क्रममा गत आइतनबार ९८ वर्षमा उनको निधन भएको थियो । लामो बिरामी र र्आिर्थक स्थितीले गर्दा उनले बलीबुडमा पनि मद्दत मागेका थिए । उनको आर्थिक सहयोगका लागि बलीबुडले फेशन शोको आयोजना पनि गरेका थिए ।
मशूर चरित्र अभिनेता एके हंगलले २०० भन्दा बढि फिल्ममा अभिनय गरेका छन् । शोले फिल्मको ” इतना सन्नाटा क्यों है भाई ” डाइलगले पनि भारतमा इतिहासनै रचेका थिए ।
उनले अभिनय गरेका मध्य नमक हराम, शोले, शौकीन, आइना, बावर्ची सबैभन्दा हिट फिल्म हुन् । ९८ बर्षको उमेरमा पनि उनी चलचित्रबाट रिटायर भएनन् । सात वर्षको लामो ब्रेक पछि फेरि उनी केहि महिना अगाडि मनोरंजन च्यानल कलर्स मार्फत् टलिचलचित्र मधुबालामा देखापरेका थिए ।
– एजेन्सी