लण्डन पाराओलम्पिक खेल: भव्य समारोहको विच बेलायती महारानी एलिजावेथद्धारा उद्घाटन
भाद्र १४ गते, २०६९ मा प्रकाशित
लण्डन। शारीरीक अशक्तता भएका खेलाडीहरुको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता पाराओलम्पिक खेल लण्डनमा सुरु भएको छ ।
गएराती एक भव्य समारोहको विच बेलायती महारानी एलिजावेथले महोत्सवको उद्घाटन गर्नुभयो । ११ दिनसम्म चल्ने यो वृहत खेल महोत्सवमा विश्वका १ सय ६४ राष्ट्रका ४ हजार २ सयभन्दा धेरै खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । आयोजक ग्रेट ब्रिटेनबाट यसपटक ३ सय खेलाडीहरुले लण्डन पाराओलम्पिकमा सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको पहिलो दिन ह्विलचेयर बास्केटबल, शुटीङ, पौडी र ट्र्याक साईक्लिङका खेलहरु भएका छन् । लण्डन पाराओलम्पिकका विभिन्न २१ खेलकुदमा ५ सय ३ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ ।