गएको आर्थिक वर्ष २०६८-६९ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८.३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको बार्षिक समीक्षा प्रतिवेदनमा मुद्र्रास्फीति करिब आठ प्रतिशतमा सिमित रहेको उल्लेख गरेको हो । अघिल्लो आर्थिक वर्ष २०६७-६८ मा यस्तो मुद्रास्फीति ९.६ प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क ७.७ प्रतिशतको दरले वृद्धि भएको र गैर