– उमाकान्त पाण्डे गाउंले
रिक्सा ब्यबसायि संघ बुटवलको ७ औं अधिबेशन तथा साधारणसभाले कृष्ण तिवारीको अध्यक्षतामा ११ सदस्यिय नया कार्यसमिति निर्माण गरेको छ ।जस्को उपाध्यषमा कृष्ण पौडेल,सचिबमा गोपाल रिजाल,कोषाध्यक्षमा पर्ूण्ाचन्द्र अर्याल,सहसचिबमा अर्जुन चालिसे रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सुधा कुवर,सरिता केसी,नोक ब थापा,शुशिल बास्तोला,पदम काफ्ले,सन्तोष बिक लगायत रहेका छन् ।यसअधि आयोजित कार्यक्रममा बोल्नेबक्ताहरुले रिक्सा ब्यबसायि अन्य ब्यबसायिको तुलनामा पडाडि पारिएको बताए ।उनिहरुले ब्यबसायनै धरासायि अबस्थामा रहेको भन्दै सरकारले बेबास्ता गरेकोमा दुख बयक्त गरे ।
कृष्ण तिवारीको अधयक्षतामा भएको कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठक,ट्राफिक प्रहरी निरीक्षक रबिन्द्र श्रेष्ठ,बुनपाका राजश्व अधिकृत बिजयदेब भर्ूतेल,जिफण्टका टोलराज पौडेल,ट्रेड यूनियन कागैं्रसका टेकराज भट्टर्राई,युवराज काफ्ले लगायतले बोलेका थिए ।



