रुपन्देहीमा पहिलो पटक स्टेभिया खेती

– कृष्ण खनाल


बुटवल । भनिन्छ विदेशी मुद्रा आर्जन गर्नको लागि विदेशको मुख ताक्नुपर्दछ या विदेश नै जानुपर्दछ । तर यसलाई चुनौती दिदै रुपन्देहीका केही युवा कृषकरुले यसक्षेत्रमै पहिलोपटक नौलो खेतीको सुरुवात गरी कृषकहरुलाई आम्दानीको बाटो पहिल्यादिएका मात्रै छैन्न आफूहरुलेसमेत राम्रो आम्दानी गर्ने सुरुवातमा लागेका छन् ।


विदेशी मुलुकहरुका सुगर मधुमेह रोगका बिरामीहरुले प्रयोग गर्न मिल्ने चिनी बिनाको चियाको रुपमा परिचित स्टेभियाको व्यावसायिक खेती  सुरु गरेका छन् । यसभन्दा पहिला घ्युकुमारीको जुस उत्पादन गर्दे आएका विजयराज ज्ञवाली राजेन्द्र के।सी। र हरिप्रसाद न्यौपानेलेले नेपालमै पहिलोपटक नौलो खेतीको रुपमा स्टेभियाको सुरुवात गरेका हुन् । केही समयमै यसको उत्पादन बजारमा आउँदैछ ।


अन्य खेती भन्दा नितान्त फरक तथा चौगुणा आम्दानी हुने उक्त व्यवसायको पश्मिाञ्चलमा मात्र नभई मध्यपश्चिमाञ्चल का केही जिल्लाहरुमा समेत फैलाउँदै गएको छ । करिव ३ वर्ष पहिला स्टेभियाको नेपालमा व्यवसायिक संभाव्यता अध्यायनको लागि अन्तर्राष्ट्रिय मुलुक पाराग्वेमा गई अध्यायन अनुसन्धान गरी नेपालमा आएर यसको व्यवसायिक खेती शुरु गरिएको सासा ईनर्जी एण्ड एग्रो इण्डष्ट्री बुटवल-१५ बेलबासका निर्देशक विजयराज ज्ञवालीले जानाकारी दिए ।


संस्थाका निर्देशक ज्ञवालीका अनुसार अहिले उक्त इण्डष्ट्रीबाट चिनी विरुवा स्टेभियाघ्युकुमारीको जुस तथा ताईवेनी मेवाको खेती सुरु गरिएको छ । विजयराज ज्ञवाली राजेन्द्र केसी र हरिप्रसाद न्यौपानेले संयुक्त रुपमा शुरु गरेको उक्त व्यवसाय करिव १० विघाहा क्षेत्रफलमा फैलिएको छ । उक्त व्यवसाय करिव १ कठ्ठा जग्गामा ५० देखि ६० हजारको लागानीमा कृषकहरुले गर्न सक्दछन् । उत्पादन भएको विरुवा सासा ईनर्जी एण्ड एग्रो इण्डष्ट्रीले आफैले खरिद गर्ने गरी प्रबन्ध मिलाएको छ । जसको लागि संस्थाले भारतबाट विरुवा मगाएर कृषकहरुले खेती गर्नको सक्दछन् । उक्त खेतीका लागी बीउ भारतको हइदरावादबाट ल्याउने गरिन्छ । यो व्यवसायबाट कृषकहरुले लगानीको १० गुणा बढी आम्दानी गर्न सक्ने संस्थाका निर्देशक विनोदराज ज्ञवालीले जानकारी दिए । उनले भने-अन्य व्यवसाय भन्दा यसमा १० गुण बढी आम्दानी हुन्छ । पछिल्लो समयमा बेलबासमा यसको खेती प्रारम्भ भए यता कृषकहरुको आर्कषण बढ्दै गएको संस्थाको भनाइ छ ।

 

फर्मको निःशुल्क प्राविधिक सहयोगमा रुपन्देही जिल्लाको अतिरिक्त पाल्पा वाग्लुङ नवरपरासी कपिलवस्तु गुल्मी र रोल्पाका कृषकहरुले समेत खेती शुरु गरिएको छ । नवलपरासीको रजहर र भलुही कपिलवस्तुको  ४ नम्बर र ओदारी रोल्पाको लिवाङ बाग्लुङको हाडीखोला लगायतका कृषकहरुले व्यवसायिक खेती गर्न थालेका छन् । रुपन्देहीको मोतिपुर टिकुलीगढ गोपालपुरका अतिरिक्त सेमलारका कृषकहरुले पनि व्यवसायिक खेती शुरु गरिसकेका संस्थाले जनाएको छ । नवलपरासीको रजहरमा पहिलोपटक परीक्षणको रुपमा  खेती गरी परीक्षण सफल भएपछि रुपन्देहीमा व्यावसायिक रुपमा खेती गरिएको हो ।


जापान र चीनमा अधिकत्तम रुपमा प्रयोगमा आउने तथा व्यवसायिक रुपमा खेती गर्ने गरिएको स्टेभिया सुगर भएका बिरामीहरुले प्रयोग गर्न मिल्ने र स्वस्थ मानिसहरुले समेत उपयोग गर्न मिल्दछन् । चिनी भन्दा ३ सय गुना गुलियो हुने चिनी बिरुवा स्टेभिया पनि औषधी जन्य वनस्पतीको रुपमा समेत चिनिन्छ । १ वटा र भित्र पात टिप्नको लागि तयार हुन्छ । एकपटक लगाएपछि २० वटा सम्म पात टिप्न सकिने उक्त  वनस्पती धूलो बनाएर चिनीको रुपमा प्रयोग गर्न सकिन्छ । विना प्रशोधन विदेशमा प्रतिकेजी २ सय रुपैंयाँमा निर्यात हुने स्टेभियाले गुलियोपनाको परिपूर्ती गर्छ । एक हेक्टर जमिनमा लगाएको स्टेभियाबाट प्रतिवटा र २० देखि २८ लाख रुपैंयाँसम्म आम्दानी गर्न सकिने संस्थाको भनाइ छ ।


के हो स्टेभिया?


यो अत्यधिक गुलियोपना भएको कोलेस्ट्रलरहित ;ार हो । यसमा कार्बोहाईडेटको मात्रा नगण्य हुने भएकाले मधुमेहका रोगीले समेत उपभोग गर्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । चिनीको तुलनामा रासायनिक पदार्थ नहुने भएकाले स्टेभियाको गुलियो स्वास्थ्यका लागि निकै लाभदायक हुने गर्दछ । एक अनुसन्धानले स्टेभियामा उखुको रसको तुलनामा ३ सय प्रतिशत बढी गुलियोपना हुने देखाएको छ । स्टेभियाको काँचो पातलाई गुलियोका रुपमा प्रयोग गर्न सकिन्छ । यसको पातलाई सुकाएर बनाइएको धूलो बनाएर निकालिएको चिनीलाई गुलियो पदार्थका रुपमा प्रयॊग गर्न सकिन्छ । स्टेभियाको बिरुवा टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिन्छ । टुप्पा काटिदिएपछि सानो ;ाडीजस्तै देखिने यसलाई १६ देखि ४५ डिग्री से_िल्सएससम्म तापक्रममा खेती गर्न सकिने प्राविधिकहरुको भनाइ छ । यो समुदि्रक सतहदेखि १ हजार ५ सय मिटरको उचाइसम्म राम्रो फस्टाउँछ ।  यसलाई स्प्रिङकल प्रविधिबाट पानी दिनुपर्छ । मुलुकमा चिनीको माग पूरा गर्न १ लाख हेक्टरमा उखु खेती गर्नुपर्छ । १ हजार हेक्टरमा गरिएको स्टेभिया खेतीले चिनीको माग धान्न सक्छ । घरमा १० बोट स्टेभिया लगाए परिवारका लागि आवश्यक चिनी किन्न बजार धाउनु नपर्ने प्राविधिकहरुको भनाइ छ ।