काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोर प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । मलेशियाको क्वालालम्पुरमा जारी प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपालले अफ्रिकी प्रतिद्वन्द्वी तान्जानियालाई ८ विकेटले हरायो । आज विहान टस जितेर व्याटिङ गरेको तान्जानियाले ३१ ओभर ४ बलमा अलआउट हुनुपुर्व ८२ रन मात्रै जोड्न सक्यो । नेपालको उत्कृष्ट बलिङ सामु टिक्न नसकेको तान्जानियाको लागि ईसा किकासीले ३३ रन जोडे ।
बलिङतर्फ नेपालका पारस खड्काले ४ विकेट लिएभने वसन्त रेग्मीले ३ तथा विनोद दासले २ विकेट लिए । ९ ओभर फालेका पारसले ३ मेडन राख्दै २४ रन खर्चेका थिए । जवाफमा ८३ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा विजय लक्ष्य हात पा



