काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागेसँगै नेपाली बजारमा पनि सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन ।
नेपाल बजारमा आज सुनको मूल्य अहिले सम्मकै उचाईमा पुगेको छ । आज नेपाली बजारमा सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय बजारको भाऊ पच्छ्याउँदै आज सुन प्रति दशग्राम ५१ हजार ४ सय ४० अर्थात प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै चाँदीको भाउ पनि बढेर तोलाको ११ सय ५५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
-RSS