युवराज ढकाल र कृष्ण भट्टराई
स्नाकोत्तर कृषि
कृषि बिज्ञान संस्थान
बानरस हिन्दु बिश्वबिधालय
सोलराईजेशन भनेको के हो?
माटोमा भएको हानिकारक किरा र रोग तथा विशेष गरी जुका (Nematodes) साथै झारपातहरुलाई पनि नियन्त्रण गर्नको लागि कम्तीमा ३ हप्तासम्म सेतो पारदर्शी प्लाष्टिकको साहयताले छोपी माटोको निर्मलीकारण (Nematodes) गर्ने प्रकृयालाई सोलराईजेशन भनिन्छ ।
सोलराईजेशनको भनेको के हो ?
> सोलराईजेशन भनेको माटोको निर्मलिकरण गर्ने र्पकृया हो ।
> यसमा पारदर्शी प्लाष्टिक प्रयोग गरी माटोलाई छोपिन्छ ।
> कम्तीमा पनि ३ हप्तासम्म सोलराईज्ड गरिन्छ ।
> सप्लाष्टिकले छोपेको माटोको तापक्रम वाहिरको तापक्रम भन्दा ५-१२ डीग्री सेन्टीग्रेड वढाउँछ ।
> यसले हानिकारक रोग र किरा विशेष गरी जुका ९ल्झबतयमभक० नियन्त्रण गर्छ ।
> यसले नस्ररीमा झारपातको नियन्त्रण गरी माटोलाई फुको बनाउँछ ।
> सोलराईजेशन आई.पि.एम. प.;तीको एउटा तरिका हो ।
सोलराईजेशन किन गरिन्छ ?
माटो को उचार गर्न ।
छोपिएको माटोको तापक्रम बढाउन ।
माटोलाई हानीकारक कीरा तथा रोगबाट बचाई निर्मलीकरण गर्न
जुका (Nematode) विशेष गरी मेलाईडोगाइना स्पेसिस नियन्त्रण गर्न ।
माटो मा झारपात नियन्त्रण गर्न ।
सोलराईजेशन कहाँ गरिन्छ ?
– सोलराईजेशन विशेषगरि धान र तरकारी वालीको नस्ररीमा गरिन्छ।
– कहिले काहीं मुख्य खेतमा पनि गरिन्छ तर ठुलो खेतमा गर्न प्राविधिक रुपले उपयुक्त देखिदैन ।
सोलराईजेशन कहिले गरिन्छ?
– सोलराईजेशन गर्ने सबै भन्दा उपयुक्त समय चैत वैशाख र भाद्र अश्विन हो ।
– सोलराईजेशनको लागी जग्गको छनौट
– व्याड वनाउने माटो वलौटे वा वलौटे दोमट भएको छनौट गर्ने ।
– व्याड वनाउने ठाउँ विहान देखि साँझसम्म घाम लागेको हुनु पर्छ ।
– माटोलाई राम्रोसंग खनजोत गर्ने
– व्याड वनाउनको लागि खनजोत गरेको माटोमा राम्रोसंग ढुङ्गा छेस्काछेस्की केलाउने र डल्लो माटोहरु मसिनो पारी फुको वनाई सम्याउने ।
– व्याड वनाउँदा आवश्यक्ता अनुसार लम्वाइ १ मीटर देखि १.२५मीटर चौंडाई र १५ सेमी उचाई हुनु पर्छ ।
– व्याडमा गोठे कम्पोष्ट र रासायनिक मल सोलराईजेशन गर्दा प्रयोग गर्नु हुँदैन ।
– व्याड वनाईसकेपछि व्याडको लम्वाई तर्फ वीचको भाग केहि उठेको र दायाँ बायाँ केहि भिरालो ९क्यिउभ० भएको हुनु पर्छ ।
– व्याडको चारै तिरको नाला ढल बाट राम्रोसंग पानीको निकास हुनुपर्छ ।
– यदि व्याड १० मी। भन्दा वढी लामो वनाउने हो भने चौडाई तर्फ ४ मी. को फरकमा सा-साना नाली वनाउनु पर्छ ।
– व्याड तयार गरिसकेपछि व्याड सुख्खा छ भने ६ ईन्च भित्रसम्म भिज्ने गरि िसंचाई गर्नु पर्छ र यदि व्याड राम्रोसंग चिसो वा पानीले भिजेको छ भने िसंचाई गर्नु पर्दैन ।
– अव २५०-३०० गेजको सेतो पारदर्शी प्लाष्टिकले व्याडलाई ढाक्ने ढाक्दा प्लाष्टिक २५ सेमी व्याड भन्दा वाहिर हुनु पर्छ । प्लाष्टिकले छोप्दा खप्टाएर छोप्नु हुँदैन र च्यातिएको वा प्वाल परेको हुनु हुँदैन ।
– व्याडमा प्लाष्टिकले ढाकी सकेपछि चारै तिरवाट नालीमा प्लाष्टिकलाई माटोले राम्रोसंग हावा नछिर्ने गरि छोप्नु पर्छ ।
– यदि प्लाष्टिक प्वाल पर् यो भने पानी टेपले टाल्ने ।
– वच्चा वच्ची तथा पशुपंक्षीबाट जोगाउन बार लगाउनु पर्छ ।
– प्लाष्टिकले छोपेको ३ हप्ता तथा माटो कालो भएपछि प्लाष्टिक लाई हटाउनु पर्छ ।
– सोलराईजेशन गरेको समय पुरा भएपछि माटोलाई कुटोले हल्का चलाउने र ४ दिनसम्म चिस्याई राख्ने । यो माटो ६ महिनासम्म प्रयोग गर्न सकिन्छ ।
– प्लाष्टिक निकालेको ४ दिन पछि व्याडमा वीउ राख्ने । वीउ राख्दा एउटा ठाउँमा एउटै वीउ एकै दिनमा राखिसकेको हुनु पर्छ ।
सोलराईजेशन भएको कसरी थाहा पाउने?
सोलराईजेशन गरेको ७-१० दिन भित्र झारपात उमि्रन थाल्छ र पछि पहेंलो हँुदै कुहिन थाल्छ ।
व्याडको माटो कालो हुन्छ ।
माटोको तापक्रम वाहिरी तापक्रम भन्दा वढी हुन्छ ।
सोलराईजेशन गर्नुको फाईदाहरु:
माटोको निर्मलीकरण हुन्छ ।
वीउ चाँडै उम्रन्छ र वीउको उमारशक्ति वढ्छ ।
स्वस्थ वेर्ना उम्रन्छ ।
सोलराईज्ड गरेको माटो ६ महिनासम्म प्रयोग गर्न सकिन्छ ।
सोलराईजेशन गरेको माटोमा फेदकुहिने रोग ड्याम्पीङ्ग अफ कम लाग्छ ।
विशेष गरि निमाटोडलाई नियन्त्रण गर्छ ।
विभिन्न किसिमका माटोमा भएका किराहरु र रोगको नियन्त्रण गर्छ ।
झारपात को प्रकोप निउनिकरण हुन्छ ।
लहरे वालीको वेर्ना उमार्नको लागि प्लाष्टिकको थैलोमा माटो भर्न उपयूक्त हुन्छ ।
सोलराईजेशन गर्ने प्लाष्टिक प्रविधि वाहेक व्याडमा कुखुराको शुलीको प्रयोग वा स्याउला धान कोदो गहुँ अदिको भुस वालेर माटोमा भएको किरा र रोगको नियन्त्रण गर्न सकिन्छ । तर प्लाष्टिकको प्रविधि भन्दा भरपर्दो हुदैन ।
माटो सोलराईजेशन गर्दा ध्यान दिनु पर्ने कुराहरुः
– माटोको निर्मलीकरण गर्ने प्रकृया ।
– सोलराईजेशनको लागी उपयूक्त समय चैत वैशाख र भाद्र आश्विन महिना हुनुपर्छ्रे ।
– माटो वलौटे वा वलौटे दोमट भएमा धेरै प्रभाबकारी हुन्छ ।
– व्याड वनाउने ठाउँ विहान देखि साँझसम्म घाम लागेको हुनु पर्छ ।
– व्याड वनाउदा १।५ चौडाई आवश्यक्ता अनुसार लम्वाई र १५ से।मी। उचाई हुनु पर्छ ।
– व्याड तयार गर्दा वीचको भाग केहि उठेको र दायाँ बायाँ केहि भिरालो भएको हुनु पर्छ ।
– व्याडको चारै तिर पानि नजमेकोहुनुपर्छ ।
– १० मिटर भन्दा लामो व्याड भएमा ४ मिटरको फरकमा चौडाई तर्फ सा-साना नाली वनाउनु पर्छ ।
– व्याड सुख्खा छ भने ६ ईन्च भित्रसम्म भिज्ने गरी िसंचाई गर्नु पर्ने र यदि माटो चिसो छ भने िसंचाई गर्नु पर्दैन ।
– २५०-३०० गेजसम्मको सेतो प्लाष्टिक हुनु पर्छ ।
– प्लाष्टिकले छोप्दा खप्टाएर छोप्नु हुँदैन ।
– प्लाष्टिक प्वाल वा च्यातिएको हुनुहुदैन ।
– प्लाष्टिकले ढाकेपछि व्याडको चारै तिर माटोले राम्रोसंग पुर्नु पर्छ ।
– प्लाष्टिक भित्र हावा छिर्नु हुदैन ।
– पशुपंक्षीवाट जोगाउन बार लगाउनु पर्छ ।
– ३ हप्तासम्म व्याडलाई प्लाष्टिकले छोप्नु पर्छ ।
– सोलराईजेशन पुरा भएपछि कुटोले माटो खुकुलो पार्नु पर्छ ।
– सोलराईजेशन पुरा भएपछि कम्तीमा ४ दिन वा एक सप्ताहसम्म माटो सेलाउन दिनु पर्छ ।
– सोलराईज्ड गरेको माटो बुरबुराउँदो हुनु पर्छ ।
– माटो सेलाई सके पछि वीउ राख्नु पर्छ ।
– सोलराईज्ड हुदा वाहिरी तापक्रम भन्दा ५-१२० से हुनुपर्छ ।
– सोलराईज्ड गरेको माटो कम्तीमा ६ महिनासम्म प्रयोग गर्न सकिन्छ ।
केहि सुझब र सल्ला भएमा हामीहरुलाई सम्पर्क गनुहोला
yrdhakal95@gmail.com
kbbhu96@gmail.com
अधिक जानकारी लिनको लागी तपाईको नजीकको कृषि कार्यलयमा सम्पर्क राख्न र उचित जानकारी एवम सुबिधा प्राप्त गर्नुहुन सम्पुर्ण कृषक बर्गहरुलाई अनूरोध गर्न चहान्छौ ।