
बुधबार एमाले उपत्यका समन्वय समितिले पत्रकार सम्मेलन गरी गौतम बुद्धको योगदान र दर्शनलाई अपमानित गर्ने दुर्नियतसाथ जुत्तामा लोगोको रुपमा प्रयोग बताएको छ । ‘अमेरिकन आइकन शु डिजाइन कम्पनी’ले लोगोको रुपमा गौतम बुद्धको तस्बिर जुत्तामा राखेको थियो ।
‘शान्तिका अग्रदुत गौतम बुद्धको योगदान र दर्शनलाई अपमानित गर्ने दुर्नियतका साथ जुत्तामा लोगोको रूपमा प्रयोग गरिएको उहाँको फोटोले संसारभरका बौद्धमार्गी र सारा नेपालीलाई आक्रोशित तुल्याएको छ भने न्यायप्रेमी जनसमुदायको भावनामाथि गहिरो आघात पारेको छ’ एमाले उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठले भनेका छन् ।
विश्वका करोडौं करोड मानिसहरुको भावनामाथि चोट पुग्ने गरी गरी गरिएकोमा एमाले ले भर्त्सना गरेको छ । ‘यस्तो गलत कार्य तुरून्त रोक्न र दोषी कम्पनीलाई हदैसम्मको सजाया गर्नको साथै उत्पादित सामाग्रीलाई पूर्णरूपमा बन्देज गर्न हामी सम्बन्धित निकाय समक्ष जोडदारढंगले माग गर्दछौं,’ संयोजक श्रेष्ठले भनेका छन् ।
राष्ट्रिय अस्मिता, स्वाधिनता र जनताको भावनामा आघात पार्ने यति गम्भिर विषयमा समेत नबोलेकमा एमाले ले प्रधामन्त्रीको आलोचना समेत गरेको छ ।
यसैगरी सरकारले पेट्रोलिय पदार्थको मूल्यबृद्घि गरेकोमा पनि एमाले ले विरोध गरेको छ । ‘पेट्रोलियम पदार्थ मात्र होइन् दैनिक उपभोग्य वस्तु दाल, चामल, नून, तेल, चिनी लगायत सार्वजनिक यातायातको भाडा बृद्धिले सर्वसाधारणको ढाड सेक्दैछ ‘ एमाले ले उपत्यकाले भनेको छ,’ तर सरकारलाई जनताको कुनै चिन्ता छैन । यस्तो नालायक सरकार जति दिन सत्तामा रहन्छ त्यति नै राष्ट्रिय सार्वभौमिकता, अस्मिता र स्वाधिनता कमजोर हुँदै जाने भएकोले यो जनघाती सरकार तत्काल हट्नु अनिवार्य छ ।’



